

अब जोर बिजोर नीजि सवारी चल्न दिइने, व्यावसाय बारअनुसार खोल्न पाइने!

काठमाडौं – सोमबारदेखि सकिन लागेको निषेधाज्ञालाई परिमार्जन गर्दै एक साताका लागि थपिने तयारी गरिएको छ ।
उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरमा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । तयारी अनुसार निजीलाई पहिलोचरणमा जोर–विजोर प्रणालीमा चल्न दिइने जनाइएको छ ।
उपत्यकाका तिन जिल्लाका संकट व्यवस्थापन समितिले पनि निजी सवारीसाधनलाई चल्न दिनुपर्ने सुझाव दिए पछि अहिले साँझ ५ बजे बस्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उक्त निर्णय गर्ने स्रोतले जनाएको छ ।
खाद्यान्न पसलहरु थप समय चल्न दिने र अन्य व्यावसायहरु पनि बार अनुसार चल्न दिने बारे पनि निर्णय हुने जनाइएको छ ।
सिडिओहरुले गृह मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमस) सँग पनि परामर्श गरेर थप निर्णय लिने जनाइएको छ । उपन्यकामा जारी निषेधाज्ञा सोमबारबाट सकिँदैछ ।

