पशुपति क्षेत्रमा ७ करोडको राम मन्दीर, संस्कृतिमन्त्री अरगरियाले गरे शिलन्यास


काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्र विकास कोषको निरीक्षण गरेका छन् ।

कोषका अध्यक्ष मन्त्री अरगरिया आइतबार बिहान कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा र सदस्यसचिव प्रदीप ढकालका साथमा निरीक्षणका लागि पुगेका थिए।

पशुपतिनाथ मन्दीरको दर्शन गरेका उनले परिसरभित्रै रहेको राम मन्दीररको धार्मिक विधिअनुसार शिलान्यास गरे। भूकम्पबाट क्षतिग्रस्त मन्दिरको पुनर्निर्माणका लागि काम सुरु भएको छ। ७ करोड लगानीमा आगामी अढाई वर्षभित्र सक्नेगरी राम मन्दीरको निर्माण सुरु भएको हो।

शिलन्यासपछि मन्त्री अरगरियाले राम मन्दिरले धार्मिक पर्यटनमा थप टेवा पुग्ने बताए। उनले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिए। मन्दिर पुरातत्व विभागको मापदण्डअनुसार परम्परागत शैलीमा बन्ने जानकारी दिँदै मन्त्री अरगरियाले युनेस्कोको विश्व सम्पदा सूचीमा परेको सम्पदाको कुनै संरचनागत परिवर्तन नहुने बताए।

साधु सन्तको सुरक्षालाई ख्याल गरेर निर्माण हुने बताउँदै कसैलाई पनि अवहेलना र निकालिने वातावरण अन्त्य गरिने उनको भनाइ थियो।

प्रतिक्रिया