
राणा र लोहनीमाथि इंगित अध्यक्ष थापाको टिप्पणी- अवसरवादीलाई बोकेर हिँड्दा गन्तव्यमा पुगिदैँन
काठमाडौं – पार्टी भित्र खटपट चलिरहेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अवसरवादीहरुलाई बोकेर हिँड्दा गन्तव्यमा नपुगिने बताएका छन् । थापाले आफ्नो पछि कति छन् भनेर नहेर्ने भन्दै बरु एक्लै हिंड्ने बताएका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।’
राप्रपाको केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति गठनमा पनि विवाद रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने थापाको प्रयासमा अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अवरोध खडा गरेका थिए । केही दिनअघि थापाले उनीहरुमाथि अल्छी घोडाको संज्ञा दिएका थिए । उनीहरुका कारण पार्टीले गति लिन नसकेको थापाको भनाइ थियो ।
निकै घत लाग्यो।
लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँडदा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ।
विगतमा धेरै गल्ती गरियो।अब मसंग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन।बरु एक्लै हिड्छु,नकारात्मक सोच भएकाहरुसंग टाढै बस्छु
No compromise with ‘viruses’ https://t.co/GE8VFHAr4f— Kamal Thapa (@KTnepal) June 19, 2021



कागजपत्र |
