रोङ्सी खोलाको पहिरो हटाउन तिब्बतमा खटियो चिनियाँ टोली, सतर्क रहन दोलखा प्रशासनको अपिल


काठमाडौं – तामाकोसी नदीमा मिसिने तिब्बत क्षेत्रको रोङ्सी खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको छ।

शनिबार बिहानैदेखि तिब्बत क्षेत्रमा पर्ने उक्त खोलाको पहिरो हटाउन चिनियाँ टोली परिचालन भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।

दोलखाको लाप्पी क्षेत्रमा रहेको तामाकोसीमा आएर मिसिने तिब्बतको रोङ्सी खोला शुक्रबार पहिरोले थुनिएको थियो।

पहिरो खुलाउने क्रम जारी रहँदा र पहिरो हटेपछि पानीको बहाव बढ्ने भएकाले केही ठाउँ क्षति हुनसक्ने अनुमान गरिएको छ भने प्रशासनले स्थानीयलाई सचेत हुन अपिल गरेको छ।

प्रतिक्रिया