

बालुवाटारमा नेकपा सचिवालय जारी, बामदेव सुपर कार्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
बैठकमा अध्यक्षद्वय ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन्।
आजको बालुवाटारमा भएको सचिवालय बैठकलाई वार कि पारको विषयलाई लिएर चर्चा भएको थियो। दुई अध्यक्षबीचको विवादका कारण बैठक राख्नका लागि ओलीलाई मागपत्र र ओलीले सोको १४ पन्ने उत्तरपत्र पठाएको चर्चा थियो।
योसँगै सचिवालयमा एक सदस्यका कारण अल्पमतमा रहेका उपाध्यक्ष गौतमलाई फकाउन खोजीको विवरण सार्वजनिक भएका थिए। गौतमका कारण नै ओली र प्रचण्ड कसको पल्ला भारी हुने भन्ने चर्चा थियो। पृष्ठभूमीमा आएका विवरणअनुसार गौतमलाई सरकारमा रोजी मन्त्रालयसहित उपप्रधानमन्त्री दिएर ओलीले फकाउने कोशीश गरेका थिए।

