हेलम्बुबाट बेपत्ता हुने ७ जनाको पहिचान खुल्यो


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट इन्द्रावती नदीले बगाएर बेपत्ता बनाएका ७ जनाको पहिचान खुलेको छ ।

बेपत्ता हुनेमा हेलम्बु-२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु-३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु-७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु-६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी घर भएका सुरेन्द्र नेपाल छन् ।

त्यस्तै एकजनाको शव फेला परेको छ तर पहिचान भने हुन सकेको छैन ।

प्रतिक्रिया