
दिल्ली जानुअघि झलनाथले भने – ‘सफल उपचारपछि यहाँहरू माझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु’
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू भारतस्थित एपोलो अस्पतालमा उपचारका लागि जान लागेको बताउँदै आफू पूर्ण निको भउर फर्किने विश्वास लिएको बताएका छन् ।
खनालले स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पतालमा उपचार गराईरहेका खनाल थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा जानुअघि खनालले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।
त्यस्तै खनालले विज्ञप्तिमा पार्टी एकताका पनि लागि आह्वान गरेका छन्। पार्टी विभाजन होइन एकता गर्ने–गराउने कार्यमा अगाडि बढौं भन्दै सबैमा आह्वान गरेका छन्।
विज्ञप्तिमा खनालले देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको पनि बताएका छन् । फुटबाट पार्टीलाई जोगाउन एकतावद्ध पार्न नेता तथा कार्यकर्तामा खनालले आह्वान गरेका छन्।
विज्ञप्तिः




कागजपत्र |
