एमाले ध्वस्त गर्न प्रचण्ड–देउवाले माधव नेपाल निवास कोटेश्वरमा युरिया हालेछन् : गोकुल बाँस्कोटा


काठमाडौं – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमालेलाई ध्वस्त गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटेश्वरको डिलमा युरिया हालेको आरोप लगाएका छन्।

कोटेश्वर एमाले बरिष्ठ नेता माधवकुमार नेपालको निवास हो। सोमवार नेपाल निवास कोटेश्वरमै पुगेर देउवा र प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले सामूहिक छलफल गरेका थिए।

मंगलबार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले माधव नेपालप्रति लक्षित गर्दै देउवा र प्रचण्डलाई लिएर एमालेलाई ध्वस्त पार्न खोजेको आरोप लगाए।

‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन्। तर पोटास र फस्फोरस थियो कि थिएन? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नुछ?’ उनले लेखेका छन्।

प्रतिक्रिया