एमाले उपाध्यक्ष गौतमलाई भेट्न भैसेपाटी पुगे विष्णु पौडेल


काठमाडौं – एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री समेत रहेका नेता विष्णु पौडेलबीच भेटवार्ता भएको छ । दुई नेताबीचको भेटवार्तामा सामान्य छलफल मात्र भएको उपाध्यक्ष गौतमको सचिवालयले बताएको छ ।

गौतमलाई भेट्न पौडेल सोमबार बिहान नौ बजे गौतम निवास भैसेपाटी पुगेका थिए । उनीहरुबीच नौ बजेदेखि १ बजेसम्म कुराकानी भएको बुझिएको छ ।

सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारवाहीका निर्णयलाई मान्यता नदिने आदेश दिएपछि २०७५ जेठ २ कै अवस्थाकै संरचनामा पार्टी बैठक बोलाउने कि के गर्ने भन्नेमा ओली पक्ष अलमलमा परेसँगै ओलीले आफु निकटका नेताहरुसँग परामर्श गरिरहेका छन् ।

प्रतिक्रिया