निषेधाज्ञा उलंघन गरी होटल खोलेका युनाइटेड विजनेशका सञ्चालकलाई ४ लाख जरिवाना


काठमाडौं । निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटललाई काठमाडौँ जिल्ला प्रशासनले कारबाही गरेको छ ।

निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई पनि जरिवाना तिराइएको छ । उनीहरुलाई १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएको हो ।

यसअघि तोकिएको समयभन्दा बाहिर पनि स्टोर खोलेको भन्दै कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्टर स्टोरका म्यानेजरलाई पनि जरिवाना तिराइएको थियो ।

सम्बन्धित समाचार : कोटेश्वर भाटभटेनीका म्यानेजर पक्राउ

सम्बन्धित समाचार : कोटेश्वरको भाटभटेनीलाई ४ लाख जरिवाना तिराउने आदेश

 

प्रशासनले लगाएको निषेधको आदेश उल्लंघन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया