कोटेश्वरको भाटभटेनीलाई ४ लाख जरिवाना तिराउने आदेश


काठमाडौं – निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरलाई ४ लाख रुपैयाँ जरिवाना तिराउने आदेश भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोल्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् ।

सरकारले केहीअघि जारी गरेको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ मा आदेश उल्लंघन भए प्रमुख जिल्ला अधिकारीले जरिवाना तिराउन सक्ने भनिएको थियो । त्यही प्रावधानअनुसार भाटभटेनीलाई जरिवाना तिराउने आदेश गरिएको सीडीओ पराजुलीले बताए ।

 

 

प्रतिक्रिया