

गण्डकी प्रदेश प्रमुखको ‘संवैधानिक अपराध’ एवं ‘राजनैतिक बेइमानी’: कृष्णचन्द्र नेपाली

पोखरा– गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबेदारी पेश गरेका कृष्णचन्द्र नेपाल्ी पोखरेलले प्रदेश प्रमुखले संवैधानिक अपराध, राजनैतिक बेइमानी गरेको बताएका छन् ।
३१ सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबेदारी प्रस्तुत गरेका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीले आफूहरुको दाबेदारीलाई बेवास्ता गर्दै प्रदेश प्रमुखले राजनीतिक बेइमान गरेको आरोप लगाएका छन् ।
प्रदेश प्रमुखको कार्यालय अगाडि शनिबार ३१ सदस्यसहित धर्ना दिएका विपक्षी गठबन्धनको नेतृत्व गर्दै पोखरेलले पृथ्वीसुब्बा गुरुङको असंवैधानिक सिफारिसपछि प्रदेश प्रमुखले संघीयतालाई नै धरापमा पारेको बताएका छन् ।

