पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३८४ जना संक्रमित थपिए, ६१ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३८४ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन् भने ६१ संक्रमितको मृत्यु भएको छ ।अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ५०६ पीसीआर र ५९८८ जनाको एन्टीजेन परीक्षण भएको छ । काठमाडौं उपत्यकामा ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा ३ सय ९१, लतिलपुरमा १ सय ३० र भक्तपुरमा ७७ गरी ५ सय ९८ जनामा कोरोना पुष्टि भएको छ ।

आज थप ६ हजार २ सय ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ

प्रतिक्रिया