सुर्खेतमा मध्यराति ज्ञानेन्द्र शाहीमाथि आक्रमण


काठमाडौं – सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीको टोलीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको हो।

उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ। आक्रमणबाट घाइतेहरुको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।

आक्रमणबाट घाइते हुनेहरुमा शाहीसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईं रहेका छन्।

मध्यराति अज्ञात समूहले उनीहरुमाथि आक्रमण गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) वसन्त पन्तले जानकारी दिए। ‘मध्यराति आक्रमण भएको खबर आएलगत्तै उनीहरुको रेस्क्यू गरेर उपचारको लागि अस्पताल पठाएका छौं,’ उनले भने।

आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। उनको परिचय भने प्रहरीले गोप्य राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

‘दुई समूहबीच झडप भएको देखिन्छ। झडपको कारण चाहिँ खुलेको छैन। पक्राउ परेकाहरुसँग सोधपुछ कार्य हुँदैछ,’ डिआईजी पन्तले भने।

यता, ज्ञानेन्द्र शाहीले टोलवासीले नभएर नेकपा एमालेको केपी ओलीका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको बताएका छन्। ‘घटनास्थलमा प्रहरी पुगेपनि सहयोग गरेन, उल्टो आक्रमण गर्यो,’ शाहीले भने।

ओलीका केटाहरुको हामीलाई मार्ने प्लान थियो, तर सफल नभएको शाहीले बताए। निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्लामा पुग्दै आएको छ।

यसअघि चितवनमा पनि शाहीले आक्रमण भएको थियो।

 

प्रतिक्रिया