‘कांग्रेसले केपी ओलीको हत्या गर्ने षडयन्त्र बनाएकै हो त ?’: पूर्वमन्त्री बस्नेत


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले केपी शर्मा ओलीका लागि मर्न र मार्न हजारौं कार्यकर्ता तयार रहेको बताएका छन् ।

बस्नेतले सामाजिक सञ्जालमा लेख्दै कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले ‘नाथुराम गोडसे बन्न तयार छु’ भनेको अभिव्यक्ति दिएपछि त्यसको कडा प्रतिवाद गर्दै सरकारले वैद्यलाई तुरुन्त पक्रेर कारबाही गर्न अनुरोध समेत गरेका छन् ।

‘नेपाली कांग्रेसले महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षडयन्त्र बनाएको हो त ?’ भन्दै बस्नेतले त्यसको प्रतिवादका साथै केपी ओलीको लागि मर्न र मार्न हजारौं समर्थक र शुभचिन्तक तयार रहेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् ।’

बस्नेतले प्रदेश सभामै यस्तो अभिव्यक्ति दिने उपर जनताले सडकमै प्रतिरोध गर्न पनि सक्ने बताउँदै अप्रिय घटना हुनुभन्दा अगाडि नै सरकार सचेत हुनुपर्ने बताएका छन् ।

बस्नेत सामाजिक सञ्जालमा लेख्छन्ः

प्रतिक्रिया