पहिलो हाफमा नेपाल दुई गोलले पछाडि


काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीविरुद्ध विश्वकप तथा एसियन कप छनोटको खेल अन्तर्गत पहिलो हाफमा अष्ट्रेलियाले २–० को अग्रता लिएको छ ।

खेलको छैटौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको थियो। कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए। अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले रोहित चन्दभन्दा अघि रहेर हेडरमार्फत गोल गरेका थिए।

त्यस्तै ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो। लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए।

सुरुवातको ६ मिनेटकै अग्रता लिएपछि अष्ट्रेलियाले पोसेसनमा ध्यान दिँदै आक्रमण बुनेको हो। पहिलो हाफको अन्त्यतिर रोहित चन्द रातो कार्ड खान पुग्दा नेपाल १० खेलाडीमा सिमित भएको छ।

खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए। मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए।

प्रतिक्रिया