सामाजिक अभियान्ता सावित्री सुवेदी पक्राउ


File Photo

काठमाडौं – सामाजिक अभियान्ता सावित्री सुवेदी पक्राउ परेकी छन्। प्रहरीले सुवेदीलाई राष्ट्रपति कार्यालय शीतल निवास अगाडिबाट पक्रेको जनाएको छ।

चितवनकी सबिता भण्डारीको न्यायको लागि शीतल निवासमा प्रदर्शन गर्न पुगेको बेला सुवेदीको टोलीलाई महानगरीय प्रहरी वृत्त महारागञ्जको टोलीले नियन्त्रणमा लिएको वृत्तका डिएसपी रोशन खड्काले पुष्टि गरे।

‘निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सुवेदीलाई पक्राउ गरिएको हो,’ डिएसपी खड्काले अनलाइनन्यूज७ सँगको कुराकानीमा भने।

यता, सुवेदीले आफूलाई घरको आँगनमा आफ्न्तसँग कुराकानी गरेर बसेको अवस्थामा प्रहरीद्वारा दुरव्यवहार गरि पक्राउ गरिएको बताएकी छन्। उनले फेसबुकमाफृत जानकारी दिँदै लेखेकी छन्, ‘प्रहरी दमन मुर्दावाद। न्याय माग्न कहाँ जाने हामी? हामी जान तयार छौं।’

गत ४ वैशाखमा भण्डारी चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगर बख्यान चोकस्थित घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। त्यसपछि माइती पक्षले सबिताको आत्महत्या नभएर हत्या भएको आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया