
गणेश लामाको गिरफ्तारीप्रति काभ्रे कांग्रेसको आपति
काभ्रे – गणेश लामालाई बिहीबार पोखराबाट गरिएको गिरफ्तारीमा प्रदेश सरकारको मिलेमतो र प्रतिशोध मिसिएको भन्दै काभ्रे कांग्रेसले भर्त्सना गरेको छ ।
कांग्रेस काभ्रेका सभापति मोहन आचार्यले बिहीबार विज्ञप्ति जारी गर्दै लामाको अविलम्ब ससम्मान रिहाइ नगरे सरकारविरुद्ध सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।
आम निर्वाचनमा वाग्मती प्रदेश सभाका लागि काभ्रे क्षेत्र नं १ ख का उम्मेदवार समेत रहेका लामाले गण्डकी प्रदेश सरकारमा रहेका निवर्तमान मन्त्री दीपक मनाङेलाई विपक्षी गठबन्धनमा ल्याउनमा भूमिका खेलेको बताउने गरिएको छ। त्यही प्रतिशोध साध्न प्रदेश सरकारको मिलेमतोमा प्रहरीले उनलाई पक्राउ गरेको काभ्रे कांग्रेसको ठहर छ ।



कागजपत्र |
