बाँकेमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु


बाँके – कोरोना भाइरस संक्रमणका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप तीनजनाको मृत्यु भएको छ।

बाँकेका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार उपचारका क्रममा लमही नगरपालिका-५ दाङका ६५ वर्षीय पुरुष, राजापुर गाउँपालिका-५ दाङका ५३ वर्षीय पुरुष र बारबर्दिया नगरपालिका-७ बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

योसँगै बाँकेमा हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका ३२७ जना र जिल्लाकै ३०५ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया