

सर्वोच्चद्वारा प्रतिनिधिसभा विघटन मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार, असार ९ गते सुनुवाई हुने

काठमाडौं – प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
बुधबार बसेको प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो ।
त्यस्तै इजलासले यस विषयका रिटमा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि गरेको छ।

