यी हुन् एकैपटकमा १० बच्चा जन्माउने महिला…


काठमाडौं – दक्षिण अफ्रिकाकी महिलाले एकपटकमा अहिलेसम्मकै धेरै बच्चा जन्माएर रेकर्ड बनाएकी छिन् । दक्षिण अफ्रिकाकी ३७ वर्षीया गोसाइमे थामरा सिथोलले स्थानीय प्रिटोरिया अस्पतालमा १० जना बच्चा जन्माएको उनका पती टेबोहो चोतेत्सीले बताए ।

यस अघि पनि जुम्ल्याहा बच्चा जन्माएकी थमाराले एकैपटक १० शिशुलाई जन्म दिएर गिनिज वल्ड रेकर्ड समेत कायम गरेकी छिन् । ती १० जना बच्चा शल्यक्रिया गरी जन्माइएको हो ।

जन्मिएका १० जनामध्ये ७ जना छोरा र ३ छोरी रहेको जनाइएको छ । ती महिला ७ महिना ७ दिनकी गर्भवती रहेको अवस्थामा बच्चा जन्माएको जनाइएको छ । यसअघि डाक्टरसँगको परिक्षणका क्रममा आफूमा ६ वटा बच्चा रहेको बताएपछि उत्साहित बनेकी थमाराले १० वटा बच्चा हुनुमा आफैं अचम्ममा परेको बताएकी छिन् ।

विश्वमा यसअघि मोरक्कोकी एक महिनाले केही महिना अघि ९ जना बच्चा एकैपटकमा जन्म दिएकी थिइन्।

प्रतिक्रिया