पूर्वप्रधानमन्त्री डा. भट्टराईले पाएको सूचना के हुन सक्छ?


काठमाडौं१३ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मध्यराती सरकारी निवास बालुवाटारमा आफैं भेट्न पुगेका डा. बाबुराम भट्टराईको आलोचना व्यापक भयो। उनले उक्त भेटलाई गोप्य राखेका थिए तर एमाले युवा नेता महेश बस्नेतले सार्वजनिक गर्दैप्रधानमन्त्री पद मागेको दाबी गरे। यसपछि डा. भट्टराईबारे विवाद सुरु भयो उनले यसलाई सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिने प्रयत्न पनि गरेका थिए।

यसलगत्तै भट्टराईले भारतको एउटा अखबारमा आलेख प्रकाशन गर्दै नेपालको आन्तरिक मामलाको केन्द्रविन्दुमा रहेका प्रधानमन्त्री ओलीलाई भारतीय हिन्दूवादी संगठन राष्ट्रिय स्वयमसेवक दलको सहयोग रहेको हस्तक्षेप नगर्नका लागि भनेका थिए।

यसको पनि उनले भारतीय पक्षबाट कडा जवाफ पाए। भारत सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा)का विदेश मामिला हेर्ने नेता विजय चौथाइवालले भट्टराईको अहिलेको मानसिकता पनि जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्दा ताकाको मात्र रहेको टिप्पणी गरेका थिए। यस विषयमा भने भट्टराईले कुनै प्रत्युत्तर दिनु उपयुक्त नहुने बताए।

बालुवाटार प्रवेशका विषयमा भने मुलुकमा गम्भीर संकट, राजनीतिक संकट आइपर्ने सूचना आफूले पाएकाले त्यसलाई प्रधानमन्त्री ओलीसँग सल्लाह गरेको राजनीतिक सहमतिका आधारमा अगाडि बढ्नका लागि सुझाव दिएको भट्टराईको प्रष्टोक्ति थियो। तर, के सूचना थियो त्यो?

यस विषयमा समय आएपछि भन्नेछु। , संकटबाट बच्नका लागि राष्ट्रिय सहमति गरौं भन्ने मैले भनेको हुँ, त्यति भन्नका लागि बालुवाटार गएको थिएँ। बोलाएर होइन, आफैं गएको थिएँ, भट्टराईले एउटा अन्तरवार्ता ताका भनेका थिए।

त्यसअघि नै उनले राष्ट्रिय सहमति सर्वदलीय सरकार गठन गरी एक बर्षभित्र चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए। उनले पाएको सूचनाका आधारमा नै उक्त प्रस्ताव भट्टराईले राखे पनि त्यसो हुन सकेन।

बरु, राजनीतिक घटनाक्रम, राजनीतिक दलहरू विभाजनको लयमा उभिन थाले। त्यसको केही समयपछि नै संघीय परिषद अध्यक्ष रहेका भट्टराईकै पार्टी जनता समाजवादी विभाजनतिर लाग्यो। महन्थ ठाकुरलगायतको एउटा ठूलो हिस्सा प्रधानमन्त्री ओलीको समर्थनमा आयो।

आखिर भट्टराईले के सूचना पाएका थिए? कतिपयले यसको विश्लेषण स्वभाविक रुपमा गरेका छन्। एक उच्च स्रोतका अनुसार नेपालमा चीनको प्रभाव शुन्य भारतीय प्रभावलाई बलियो बनाउने खेलको परिणाम देखिनेवाला छ।

कम्युनिस्ट भन्ने शक्तिलाई खण्डीकरण गरी नेपालमा कुनै पनि दलको बहुमत नहुने अवस्था भारतको चाहना हो। यसो हुँदा संक्रमणकालिन अवस्थामा उसले आफ्ना स्वार्थलाई नेताहरूमार्फत प्रयोग गर्न सक्छ, उच्च स्रोतले भन्यो,‘अहिलेको संविधान अस्वीकार्य रहेका कारण यसको प्रस्तावनामा नै भारत आफ्नो भूमिका चहान्छ।

ओलीअघि भारतीय पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रयोग गर्न चाहेको थियो। यसैले चुनाव लगत्तै नेपाली कांग्रेसलगायतका दलसँगको सहकार्यमा प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न भनिएको थियो। तर, दुई ठूला कम्युनिस्ट एमाले माओवादी एकीकरण गरी त्यसमार्फत सत्ता राजनीतिको केन्द्रमा प्रचण्ड रहन चहान्थे, जुन सफल हुन दिइएन।

आफूले भनेको नमानेपछि प्रचण्डलाई जसरी पनि उनको आकारमा झार्नका लागि भारतीय संस्थापन लागी परेको थियो। खासगरी भारतीय पक्षले माओवादी भन्ने दल आफ्नो मुलुकमा उत्पादन भएको भनी चर्चा पनि गरेको थियो।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनिएको छ। संविधानमा पनि यहि उल्लेख छ। तर, भारत यस्तो चहाँदैन। उसले नेपालमा राजसंस्था नभए पनि हिन्दू गणतन्त्र भन्ने चहान्छ, यसैको खेलका केही परिघटना अहिलेका राजनीतिक अवस्थामा देखिएका हुन्, उच्च स्रोतले भन्यो,‘जुन प्रचण्ड बाबुरामहरु चहाँदैनन्। उनीहरुले यो नचाहनुमा १० बर्ष गरेको सशस्त्र संघर्षको औचित्य समाप्त हुने विषय पनि बन्यो।

सम्भवतः यहि रणनीतिक विषयका बारेमा डा. बाबुराम भट्टराई जानकार भएका कारणले नै केही सूचना रहेको भनी बताएका थिए। तर उनले ति सूचनालाई किन गोप्य राखिरहेका छन्? वा, यो भन्दा बाहेक केही सूचना की? भन्ने कौतुहलता आम मानिसमा रहेको छ।

प्रतिक्रिया