‘एमालेको खरानी समूहले पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा बधाई’


काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले एमालेको खरानी समूहले पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई भन्दै टिप्पणी गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत बाँस्कोटाले माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उनीहरूको छलाङकारी यात्रामा आजबाट उप्रान्त कसैले अवरोध नगरोस् भन्दै शुभकामना समेत दिएका छन्।

व्यंग्यात्मक शैलीमा नेता बाँस्कोटाले भनेका छन्, ‘विधि, पद्दति, अनुशासन, संघीयता, पार्टी एकता, समाजवाद, लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समुहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई। माकेमा विलय हुने र कांग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस्,अग्रिम शुभकामना!’

आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेपछि उनको सत्ता जोगिएको छ। नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरूको सहयोगले उनको सत्ता जोगिएको हो।

प्रतिक्रिया