राउटे युवतिहरूमाथि भएको दुर्व्यवहारका दोषीलाई हदैसम्मको कारवाही गर्न माग


काठमाडौं – सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का युवाहरुले स्थानीय राउटे समुदायका युवतीहरुलाई प्रलोभनमा पारी मदिरा सेवन गराई यौन दुर्व्यवहार गरिएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

स्थानीय तीनजना युवाहरुले राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको, उक्त घटनाका कारण निज युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना रहेको र उनीहरुको ज्यान नै जोखिममा पर्न सक्ने देखिएको हुँदा पीडित युवतीहरुको गोपनीयताको संरक्षण गर्नुपर्ने माग छ।

उनीहरुको भौतिक सुरक्षा गरी जीवन रक्षाको लागि तत्काल आवश्यक पहल गर्न, सामाजिक सञ्जालमा देखिएका भिडियो, फोटोहरु हटाउन, राउटे संकृतिहरुलाई लोभलालच, प्रलोभन देखाई आफ्नो व्यक्तिगत फाईदा उठाउने व्यक्तिलाई राउटे बस्तीमा जान रोक लगाउन, राउटे समुदायहरुको सम्पुर्ण सुरक्षा, गास, बास र कपासको तुरुन्त व्यवस्था गर्न र प्रभावकारी अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन, नेपाल सरकारसँग जोडदार माग गर्दछ।

प्रतिक्रिया