

विहीबार गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

काठमाडौं– पर्सी बिहीबार गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिने तय भएको छ।
प्रदेश सभा सचिवालयका अनुसार सो दिन विश्वासको मत लिने तय भएको हो। प्रदेश प्रमुख सीता पौडेलले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
गण्डकीमा राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसद निर्णायक छन्।

