विपक्षी गठबन्धनकै शंकाको घेरामा माधव पक्ष


काठमाडौं – विपक्षी गठबन्धनका शीर्ष नेताहरु वर्तमान राजनीतिक परिस्थितिबारे छलफलमा जुटेका छन् ।

प्रदेश-२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आव्हानबारे
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल जारी छ ।

ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित रिटमा प्रयोग भएको नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको बुझिएको छ । देउवाले नेपाललाई पनि छलफलका लागि बोलाएपछि नेपाल पनि आफू पक्षीय स्थायी समिति बैठक सकेर देउवा निवास पुगेको हो ।

आज विहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया