नुवाकोटमा बस दुर्घटना


नुवाकोट – नुवाकोटको विदुर नगरपालिका वडा नंवर ८ स्थित हात्तिगौँडामा बस दुर्घटना भएको छ । बस सडकबाट करिब ६० मिटर तल खसेको जनाएको छ ।

स्थानियबासीका अनुसार बा ४ ख ७४५८ नम्बरको बसका चालकले मादक पदार्थ सेवन गरि गाडी चलाएकाले उक्त बस दुर्घटना भएको जनाइएको छ ।

चालक र सहचालक २ जना मात्र रहेकोमा एक जना हाम फाल्न भ्याएको र अर्को एक जनालाई सामान्य चोटपटक लागेको बताइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया