बर्षमानलाई विप्लवले ‘चिहान खनेर रुने मान्छे’ संज्ञा दिनुको कारण


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य बर्षमान पुनःलाई ‘चिहान खनेर रुने मान्छे’को संज्ञा दिएका छन्।

एउटा अन्तरवार्ताका दौरान विप्लवल बर्षमानमाथि उक्त टिप्पणी गरेका हुन्। विप्लव र राजा ज्ञानेन्द्रको घाँटी जोडिएको छ भन्ने बर्षमानको टिप्पणीको प्रत्योत्तरमा विप्लवले उक्त संज्ञा दिएका हुन्। सोही अन्तरवार्ताका अघिल्लो संस्करणमा विप्लवमाथि बर्षमानको टिप्पणी आएको थियो।

माओवादी सशस्त्र युद्धका समय एउटै कमिटीमा रहेर युद्ध मैदानमा होमिएका दुवैले एकअर्कामाथि यस्तो आरोप किन लगाए?

माओवादी केन्द्रका कतिपय नेताहरूका अनुसार शान्ति प्रक्रियामा आएपछि पार्टी केन्द्रमा विप्लवको प्रभाव बलियो हुन थालेपछि बर्षमान उनलाई कर्नरमा पार्न चहान्थे। हेडक्वार्टर (पुष्पकमल दाहाल प्रचण्ड)को नजिक रहेका बर्षमानले संगठनमा विप्लवलाई अघि बढ्न नदिनका लागि अनेकन रणनीति अपनाएपछि उनी मोहन वैद्य खेमामा उभिएका थिए।

खासमा शान्ति प्रक्रिया र संसदीय व्यवस्थाका विषयमा बर्षमान पुनले पक्षमा लविङ गर्दा तत्कालिन एकीकृत माओवादी भएपछि विप्लवले त्यसको बिरोध गर्दै आएका थिए। विप्लव राज्यसत्ता कब्जा र कार्यकारी राष्ट्रपतिको पक्षमा थिए भने बर्षमान संसदीय व्यवस्थालाई नै प्रयोग गर्नुपर्ने लाइनमा उभिए। त्यसबेला माओवादीमा यी दुई विचारलाई ‘सफ्टलाइन र हार्डलाइन’ भनिने गरिन्थ्यो।

‘अहिले बर्षमानहरु प्रतिनिधि सभा पुनःस्थापना गरी चुनावी स्पर्धामा जानुपर्छ भन्ने मान्यतामा नै छन्। तर, विप्लव भने जनमत संग्रह गरी जनताको प्रत्यक्ष निर्णयलाई स्वीकार गर्नुपर्छ भन्ने लाइनमा नै छन्’, ति नेता भन्छन्।

वैचारिक र सैद्धान्तिक रुपमा नै यी दुई नेताबीच जनयुद्ध कालदेखि नै कसको पल्ला भारी बनाउने भन्ने विषयमा बहस हुने गरेको थियो। यी दुवै लाइनलाई प्रचण्डले व्यवस्थापन गर्दै आएका थिए।

शान्ति र संविधानको लाइनमा माओवादी उभिने भएपछि बर्षमानलाई प्रचण्डले काँध हालेपछि हार्डलाइनर भनेर चिनिएका मोहन वैद्य किरणहरूसँगै विप्लव बिद्रोहको बाटोमा अघि बढेका थिए। वैद्य समूहमा पनि विभाजनको अवस्था आउने भएपछि विप्लवले अलग पार्टी गठन गरी हिँडेका थिए।

पछिल्लो पटक भने सरकारसँग तीन बुँदे सहमति गरी सार्वजनिक भएका थिए।

प्रतिक्रिया