विश्वभर सत्र करोड १२ लाख ५१५३ जनामा कोरोना पुष्टि, सबैभन्दा बढी प्रभावित कुन देशका कति संक्रमित ?


बेइजिङ – जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले विभिन्न मुलुकलाई नराम्रसँग प्रभावित पारेको छ । कोरोना संक्रमणबाट विश्वरभरका लाखौँले ज्यान गुमाएका छन् । चीनको बुहान प्रान्तबाट फैलिएको यस भाइरसलेहाल विश्व नै प्रभावित बनेको छ ।

उक्त विश्वविद्यालयल दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरुका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या

संयुक्त राज्य अमेरिका -तीन करोड ३२ लाख ८८ हजार १४
भारत -दुई करोड ८३ लाख ७ हजार ८३२
ब्राजिल- एक करोड ६६ लाख २४ हजार ४८०
फ्रान्स- ५७ लाख ३८ हजार ६४१
टर्की -५२ लाख ५६ हजार ५१६
रुस -५० लाख ३१ हजार ५८३
बेलायत- ४५ लाख ६ हजार ३३३
इटाली- ४२ लाख २० हजार ३०४
अर्जेन्टिना -३८ लाख १७ हजार १३९

रासस/सिन्ह्वा

प्रतिक्रिया