नदीजन्य सामाग्रीको उत्खननमा प्रयोग भएका १२ टिपरसहित १६ सवारीसाधन कारबाहीमा


रुपन्देही – जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको अवज्ञा गर्ने विभिन्न १६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

निषेधाज्ञाको अवज्ञा गरी नदिजन्य सामाग्री उत्खनन् गरी गैह्र कानूनी तथा मापदण्ड विपरित चलेका १२ टिपरसहित जेसिबि र ट्याक्टरलाई सोमबार ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देही, ईलाका प्रहरी कार्यालय छपिया रुपन्देही र ईलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी पठाईएको जनाइएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामा १२ टिपर, ३ ट्याक्टर र एउटा जेसिबी रहेका छन् ।

नियन्त्रणमा लिएका सवारीसाधनमा, लु २ ख ३७५४ नं. को टिपर, लु २ ख २०८६ नं. को टिपर, लु २ ख ३६८० नं. को टिपर, लु २ ख ३९६१ नं. को टिपर, लु २ ख ४४४३ नं. को टिपर, लु २ ख ३२१७ नं.को टिपर, लु २ ख ४५३८ नं. को टिपर, लु १ ख ९८८७ नं. को टिपर, लु १ ख ५४५० नं. को टिपर, लु २ ख १०२१ नं. को टिपर, लु २ ख २०४० नं्को टिपर, ना ८ ख ३२०४ नं. को टिपर, लु ४ त ५९८२ नं. को ट्याक्टर, लु ४ त २५६४ नं. को ट्याक्टर लु ३ त ९८५८ नं. को ट्याक्टर र नम्बर नखुलेको जेसिबी १ वटालाई कारबाहीको लागि पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया