

काभ्रेको बेथानचोकमा भेटियाे दुर्लभ सेतो मृग

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका – २ ढुंखर्कको जंगल स्थित दुर्लभ सेतो मृग फेला परेको छ । सेतो मृग नेपालमा विरलै मात्र पाइन्छ ।
निख्खर सेतो रंगको मृग माउले छाडेर अलपत्र परेको अवस्थामा स्थानीय धिरज घिमिरेले भेटेका थिए । आइतबार घिमिरेले सेतो मृग च्याम्राङबेशी ढुंखर्क प्रहरी चौकीका प्रमुख हरेराम पराजुलीलाई हस्तान्तरण गरे ।
बेथानचोक गाउँपालिका र वडा कार्यालयको समन्वयमा ढुंखर्क प्रहरी चौकी प्रमुख पराजुलीले आज सव डिभिजन कार्यालय खोपासीका सहायक वन अधिकृत हेम बहादुर थापालाई हस्तान्तरण गरी जाउलाखेलस्थित सदर चिडियाखानामा पठाइएको छ।

