१० अक्सिजन प्लान्ट फ्रान्सबाट नेपाल ल्याइँदै


काठमाडौं – विभिन्न ७ सामाजिक र व्यापारिक समूहको समन्वयमा फ्रान्सबाट १० वटा अक्सिजन प्लान्ट ल्याउने तयारी भएको छ ।

अमेरिका नेपाल मेडिकल फाउन्डेसन, क्रियसन नेपाल, ह्युम्यानिटी फाउन्डेसन नेपाल, मिसन रिबिल्ट नेपाल, बतास फाउन्डेसन, जगदम्बा स्टिल र स्याकार ट्रेडिङ कम्पनी प्रालिले अक्सिजन प्लान्ट ल्याउने तयारी गरेका हुन् ।

क्रियसन नेपालका अध्यक्ष आनन्द मिश्रले कोरोनाको दोस्रो लहर सुरु भएर अक्सिजनको अभावमा बिरामीको मृत्यु बढ्न थालेपछि अक्सिजन प्लान्ट नै किन्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

१२ करोड रुपैयाँ संकलन गरेर ल्याउन लागिएको दस वटा अक्सिजन प्लान्टले २४ घन्टामा ५०० बेड र १५० सिलिन्डरलाई पुग्ने अक्सिजन उत्पादन गर्नेछ ।

प्रतिक्रिया