विवेकशील साझाका नेता थापाको स्वास्थ्य अवस्था गम्भीर,उपचारका लागि सहयोग अपिल


काठमाडौं – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अबस्था गम्भिर बनेको छ । उनको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमण भएपछि उनको फोक्सोमा समस्या देखिएको डाक्टरले बताएका छन् ।

थापाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि सहयोगको अपिल गरिएको छ । सङ्कलित रकम र खर्चबारे पछि स्वयंसेवीले सार्वजनिक गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बताए ।

थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग सङ्कलन गर्न सकिने मिश्रले बताए। साथै खल्ती र ई–सेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने उनले बताए ।

प्रतिक्रिया