स्रोत नखुलेको ५४ लाखसहित वीरगञ्जबाट दुई पक्राउ


वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५३ लाख ८० हजार रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको उक्त रकमसहित बारा प्रसौनीका २६ वर्षीय आनन्द गुप्ता र वीरगञ्ज–११ श्रीपुरका १९ वर्षीय प्रकाश जैसवाल वीरगञ्जबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा बिहीबार बिहान २४ लाख रुपैयाँसहित जैसवाललाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

पक्राउ परेका अर्का व्यक्ति गुप्ताको डेरामा खानतलासी गर्दा २९ लाख ८० हजार रुपैयाँ बरामद भएको उनले बताए । पक्राउ परेका उनीहरुले हुण्डी कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले निगरानीमा राखी पक्राउ पनि खनालले जनाए ।

स्रोत नखुलेको रकम सहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया