सिन्धुपाल्चोकमा थप एक साता लकडाउन


चौतारा – सिन्धुपाल्चोेकमा पुनः १ साताको लागि लकडाउन थप गरिएको छ ।

पछिल्लो पटक जेठ १४ गतेसम्मका लागि लकडाउन गरिएकोमा १ साता थप गरी जेठ २१ राती १२ बजेसम्मको लागि लकडाउन थप गरिएको हो ।

आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउन थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

प्रतिक्रिया