नेपाली सेनाका सहायक रथी केसीको कोरोनाबाट निधन


काठमाडौं – नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।

छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत केसीको बिहीबार बिहान निधन भएको सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

करिब एक महिनाअघि देखि उपचाररत संक्रमित केसीलाई केही दिन अघि भेन्टिलेटरमा राखिएको थियो ।

केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए । काठमाडौंको न्युरोड घर भएका केसीका श्रीमती र दुई छोरी छन्।

प्रतिक्रिया