रुपन्देहीको सियारी गाउँपालिकामा अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण


मैनहिया – अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले रुपन्देहीको सियारी गाउँपालिका वडा नं–२मा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ । उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

भवन ७० लाख रुपैयाँ लागतमा बनाइएको हो । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । अर्घाखाँची सिमेन्टका निर्देशक राजेश कुमार अग्रवालले मैनहिया गाउँपालिकाका जनसमुदायहरूलाई पहिले स्वास्थ्य चौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको तर अहिले बनेको नयाँ भवनले अत्यन्तै सहज बनाउन सघाउने बताए ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री श्रेष्ठले कोभिड–१९ को नियन्त्रण र मैनहिया गाँउपालीकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिने बताए ।

अर्घाखाँची सिमेन्ट प्रा.लि का निर्देशक राजेश कुमार अग्रवालले भने,’मैनहिया गाउँपालिकाका जनसमुदायहरुलाई पहिले स्वास्थ्य चौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्य चौकी भवनले अत्यन्तै सहज बनाउँछ भन्ने हामीले आशा राखेको छौँ । हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेका हौ ।’

अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक उत्तरदायित्व कार्यहरु गर्दै आइरहेको छ । कम्पनिले मैनहिया गाँउपालिकाका विद्यालयलाई पठन पाठनका लागि साम्रगी वितरणका साथसाथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाई, खाना र सडक निर्माणमा सहयोग पुराउँदै आइरहेको छ ।

गतवर्ष यस कम्पनीले लुम्बिनी प्रान्तीय सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषका लागि रु ५.१ मिलियन विनियोजन गरेको थियो साथै सियारी गाँउपालिकालाई रु २००,००० नगद र पाल्पा जिल्लाको तिनाउँ र माँछागढी ग्रामीण नगरपालिका जहाँ कम्पनीको चूना ढुङ्गाखानी अवस्थित छ त्यसमा रु २० लाखको राहत सामग्री वितरण गरेको थियो।

प्रतिक्रिया