अब निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई एक र संस्थालाई पाँच लाखसम्म जरिवाना


पोखरा – निषेधाज्ञा उल्लंघन गर्ने संस्थालाई कास्की प्रशासनले ५ लाखसम्म जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको मंगलबार बसेको बैठकले निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले जेठ ६ गते कोभिड संकट व्यवस्थापन अध्यादेश जारी गरेको थियो । निषेधाज्ञा अवधिमा अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध पुर्‍याएमा ५ लाख रुपैयाँ र एक वर्षसम्म जरिवाना हुन सक्ने जिल्ला प्रशासन कार्यालय कास्कीको सूचनामा उल्लेख छ ।

त्यस्तै, अध्यादेशअनुसार मापदण्ड पालना नगरेमा ६ महिना कैद र ३ लाख रुपैयाँसम्म वा दुवै सजाय हुन सक्ने सूचनामा उल्लेख छ । आदेश उलंघन गरेमा व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

साथै, मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने जनाइएको छ । अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनको सूचना छ । कास्कीमा बैशाख १५ देखि सुरु भएको लकडाउन जेठ १४ गतेसम्मका लागि लम्ब्याइएको छ ।

प्रतिक्रिया