सभामुख सापकोटाकाे पूर्व सभामुखहरूसँग छलफल, नेम्वाङ भने अनुपस्थित


काठमाडाैं – सभामुख अग्निप्रसाद सापकोटाले पूर्व–सभामुखहरूसँग छलफल गर्दै छन् । पछिल्लो राजनीतिक अवस्थाको विषयमा परामर्श लिनका लागि सापकोटाले प्रतिनिधि सभा (संसद्) भवन नयाँ बानेश्वरमा पूर्व–सभामुखहरूसँग छलफल गरिरहेको सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला पूर्व-सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।

छलफलमा पूर्व–सभामुखहरू रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, ओनसरी घर्ती भौतिक रूपमै उपस्थित भएका छन् । यस्तै तारानाथ रानाभाट र दमननाथ ढुङ्गाना जुममार्फत जोडिएकाे सचिवालयले जनाएको छ । सुवासचन्द्र नेम्वाङ भने उपस्थित भएका छैनन्। छलफलमा सबै पूर्व सभामुखलाई बोलाइएको थियाे ।

प्रतिक्रिया