

प्रधानमन्त्री र प्रधानन्यायाधीश जबराबीच भेट नभएको सर्वोच्चको स्पष्टोक्ति

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबीच हालै भेट नभएको सर्वोच्च अदालतले प्रस्ट्याएको छ ।
आज सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका हुन् ।
‘स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

