

एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित दुई जना पक्राउ

सुनसरी – सुनसरीमा एम्बुलेन्समा गाँजा तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को १ च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १०० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ हो ।
पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बू र धरान–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई रहेका छन् ।
धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडिको भागमा चार वटा झोलामा रहेको उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

