बैंक र तरकारी पसललाई पनि थप कडाई गर्दै निषेधाज्ञा एक साता थप्ने तयारी


काठमाडौं – पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या नियन्त्रणोन्मुख नदेखिँदा काठमाडौं उपत्यकाभित्र निषेधाज्ञाको समय थप लम्बिने भएको छ।

काठमाडौं उपत्यकाभित्रका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एक साता थप कडाईका साथ निषेधाज्ञा गर्ने सहमत भएका हुन्।

पछिल्लो पटक काठमाडौं उपत्यकाभित्र थपिएको निषेधाज्ञा जेठ १३ गतेबाट सकिँदैछ। एक साता निषेधाज्ञा थप गर्ने गरी भोलि (मङ्गलवार) बिहान ११ बजेको लागि बैठक बोलाइएको छ।

अहिले थप एक साताको लागि निषेधाज्ञा थपिने र त्यसपछिको परिस्थिति हेरेर पुनः निर्णय गरिने जनाइएको छ ।

पछिल्ला दिनमा तरकारी पसलमा मानिसको भिडभाड भएकाले संक्रमण झन् फैलिएको हुनसक्ने भन्दै यसपटक तरकारी पसलहरुलाई थप कडाई गरिने भएको छ ।

मानिसहरुले तरकारी किन्न र बैङ्क वित्तीय सस्थाको काम भन्दै अनावश्यक भीड देखिन थालेकोले त्यसतर्फ पनि केही कडाई गर्न सकिने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया