अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन : गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक न्यायालय आउनुपरेको बताएका छन् ।

सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न गएका बेला सर्वोच्च अदालत प्रांगणमा संचारकर्मीसँग कुरा गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

‘यस्तो संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन’ उनले भने, ‘स्वेच्छाचारी कार्यकारी भएपछि पटक पटक न्यायालय आउनुपर्‍यो ।’

संसदको अंकगणितका कारण धारा ७६९५० बाट बाहेक वैकल्पिक सरकार बन्ने अवस्था नदेखिएको भन्दै नेता थापाले सर्वोच्च अदालतले संविधानको धारा र गत वर्ष संसद विघटनको मुद्दामा गरेको संविधानको ब्याख्याका आधारमा फेरि संसद पुनर्थापना हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया