यी हुन् नक्कली स्यानिटाईजर उत्पादन गर्ने सक्कली प्याकुरेल

नक्कली स्यानिटाईजर उत्पादन गर्ने दुई अखडामा प्रहरीको छापा तिन पक्राउ, दुवै अखडामा प्रहरीको शिल


काठमाडौं – प्रहरीले नक्कली स्यानिटाइजर उत्पादन गर्ने दुई उद्योगमा आज छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाले राजधानीको छुट्टा छुट्टै दुई ठाँउमा छापा मारी ठूलो मात्रमा अबैध स्यानिटाईजर बरामत गर्नुको साथै तिन जनालाई निन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको स्यानिटाइजर बनाउने उद्योगमा छापा मारेको थियो भने महाशाखाले ईमाडोलस्थित एक उद्योगमा छापा मारेको थियो । दुबै उद्योगले स्यानिटाइजरमा हाल्न नमिल्ने पदार्थ हालेर उत्पादन  गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ ।

स्यानिटाइजरमा मिथाइल प्रयोग गर्न पाइँदैन ।  तर, यहाँ उत्पादित स्यानिटाइजरमा ५० प्रतिशतभन्दा बढी मिथाइल प्रयोग गरेको पाइयो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने । उत्सव डिष्ट्रिलरी कपिलवस्तु घर भएका कमल अग्रवालको नाममा दर्ता भएको छ । उनीहरुक उत्पादन त्रुटिपूर्ण रहेको थाहा पाएलगत्तै प्रहरीले कमल अग्रवाल र राकेश अग्रवाललाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ । उनीहरूले उद्योगभित्र नै स्यानिटाइजर बनाएर प्याकिङ गर्ने गरेको देखिएको छ। सेनिटाइजरको बट्टामा भने अन्य आवश्यक पर्ने केमिकलको सूचीमात्र देखाएर मानिसलाई झुक्काउने गरेको पाईएको प्रहरीले जनाएको छ ।

अग्रवालले निषेधाज्ञा सुरु भएदेखि स्यानिटाइजर उत्पादन गर्न सुरु गरेको प्रहरीमा प्रारम्भीक बयान दिएका छन्। उनीहरूले १६ जना मानिस राखेर दैनिक १ हजार भन्दा बढी लिटर स्यानिटाइजर उत्पादन गर्न गरेको खुलेको छ।

प्रहरीले उद्योगले उत्पादन गर्ने स्यानिटाइजरमा शंका लागेपछि जेठ २ गते प्रयोगशालमा परीक्षण गराएको थियो। परीक्षण गर्दा आवश्यक पर्ने केमिकल नहालेर उत्पादन गरेको देखिएको प्रहरीको दाबी छ । उता महाशाखाले पक्राउ गरेको आषिश प्याकुरेलको पनि धन्दा उस्तै भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया