समस्याको खाडलमा फस्दै ट्रम्प


न्यूयोर्क(एजेन्सी)– अमेरिकी राष्ट्रपति चुनावको नतिजा आइसकेको छ र अमेरिकी जनताले जो बाइडनलाई आफ्नो राष्ट्रपति चुनेका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति पदको आफ्नो दोस्रो कार्यकालमा फर्किन सकेनन् । तर यो क्षण केवल उनको चुनावी हार होइन, आगामी दिनका लागि समस्यामय छ भन्ने जनाउ पनि हो । विशेषज्ञहरुका अनुसार आफ्नो कार्यकालमा भएका घोटालाको अनुसन्धानबाट उनी राष्ट्रपति पदबाट हटेपछि आपराधिक कारवाहीका अलावा गम्भीर वित्तिय स्थितिको पनि सामना ट्रम्पले गर्नुपर्नेछ । अमेरिकामा राष्ट्रपति पदमा रहुन्जेलसम्म उनका विरुद्ध आधिकारिक कार्यका लागि मुद्धा चलाउन मिल्दैन ।

पेस युनिभिर्सटीमा संवैधानिक कानून विषय पढाउने प्रोफेसर बेनेट गर्शमेन ट्रम्पमाथि आपराधिक मामला चल्न सक्ने सम्भावना रहेको बताउछन् । बेनेटले न्यूयोर्कमा एक दशकसम्म अधिवक्ताका रुपमा सेवा गरेका छन् । ‘राष्ट्रपति ट्रम्प माथि बैंक छली, कर छली, मनी लन्ड्रिङ, चुनावी छली जस्ता गम्भीर आरोप लाग्न सक्छ । उनको कामसँग जोडिएका जति पनि कुरा मिडियामा आएका छन्, ती सबै वित्तिय हुन् ।’ उनी भन्छन् ।

यो मामला यहाँसम्ममात्र सीमित छैन । अमेरिकी सञ्चारमाध्यमका अनुसार डोनाल्ड ट्रम्पलाई भारी वित्तिय घाटाको सामना पनि गर्नुपर्ने हुनसक्छ । यसमा ठूलो मात्रामा निजी ऋण र उनको कारोबारको समस्या जोडिएका छन् । न्यूयोर्क टाइम्सका अनुसार आगामी चार वर्षसम्ममा ट्रम्पले ३० करोड डलर भन्दा बढी ऋण तिर्नुपर्नेछ । उनको निजी लगानी राम्रो अवस्थामा नरहँदा पनि उनले यति धेरै ऋण तिनुपर्नेछ । ट्रम्प राष्ट्रपतिमा नरहेपछि उनलाई ऋण दिने व्यक्तिहरु केही नरम देखिनसक्ने पनि अनुमान गरिएको छ । ट्रम्पका आलोचकहरु उनी राष्ट्रपति पदमा रहनु उनको कानूनी र र बित्तिय समस्यामा उनको कवच बनेको बताउछन् । यदी यो सबै रहेन भने उनलाई समस्याको दिन आउनसक्छ ।

ट्रम्पले हालसम्म आफू आफ्ना विरोधीको षडयन्त्रको शिकार हुँदै आएको दाबी गर्दै आएका छन् । उनीमाथि विरोधीले राष्ट्रपति हुनुभन्दा अगाडि र राष्ट्रपति भएपछि अपराध गरेको आरोप लगाएका छन् । ट्रम्पले स्पष्ट रुपले आफ्ना विरुद्ध लागेको आरोप अस्वीकार गर्दैै आएका छन् । आफ्नो प्रशासनमाथि लागेको घोटालाको आरोपमाथि न्याय विभागको जाँच र यो वर्षको शुरुवातमा उनीमाथि लगाइएको महाभियोगबाट उनी सफतलापूर्वक रिहा भएको ट्रम्पको बुझाई छ ।

तर यी सबै जाँच र प्रक्रियाहरु राष्ट्रपतिको अभियोगबाट मिलेको सुरक्षाको समयमा भएको थियो । न्याय विभाग पटक पटक राष्ट्रपति पदमा रहुन्जेल उनीविरुद्ध मुद्धा चलाउन नमिल्ने बताउदै आएको छ । विशेषज्ञहरुले यी जाँचहरु डोनाल्डका विरुद्ध कानूनी कारवाहीको आधार बन्ने बताएका छन् । ‘हामीलाई पहिलादेखि नै थाहा छ कि उनीमाथि मतदातालाई धोका दिएको आरोप लगाउन सकिन्छ किनकी मेनहटनका लागि अमेरिकी अटर्नीले ट्रम्पलाई माइकल कोहेनका साथ षड्यन्त्रमा सहयोगी बनेको बताएका थिए’, बेनेटले भनेका छन् ।

विशेषज्ञहरुले ट्रम्पका पूर्व वकिल माइकल कोहेनका विरुद्ध भएको जाँचको पनि स्मरण गरेका छन् । सन् २०१८ मा माइकललाई चुनावी धाँधलीका लागि दोषी पाइएको थियो । उनीमाथि डोनाल्ड ट्रम्पमाथि अफेयर भएको दाबी गर्ने पोर्न अभिनेत्री स्टार्मा डेनियल्सलाई सन् २०१६ को चुनावमा पैसा दिएको आरोप लागेको थियो । माइकलको जाँचको समयमा आधिकारिक रुपमा राष्ट्रपतिका एक उम्मेद्वार आपराधिक गतिविधिमा जोडिएको बताइएको थियो । अमेरिकी मिडियाले ती उम्मेद्वारलाई ट्रम्पको नामसँग जोडेका थिए । यो खबरलाई अमेरिकी मिडियाले प्राथमिकता दिएका थिए ।

सन् २०१९ मा स्पेसल काउन्सिल रोबर्ट मूलरले सन् २०१६ को राष्ट्रपति चुनावमा रुसको हस्तक्षेपलाई लिएर एक अनुसन्धान रिपोर्ट बुझाएका थिए । बेनेटका अनुसार ट्रम्पलाई मूलर रिपोर्टको नतिजालाई मध्यनजर गर्दै न्यायमा अवरोध गरेको आरोपमा मुद्धा पनि लाग्न सक्छ । त्यो रिपोर्टमा ट्रम्पलाई क्लिन चिट दिइएको थियो र ट्रम्पको प्रचार समूह र रुसबीच कुनै किसिमको साठगाठको पूर्ण प्रमाण नभेटिएको उल्लेख थियो । रिपोर्टमा ट्रम्पले अनुसन्धानमा अवरोध गर्ने प्रयास गरेको र मूलरलाई उनको पदबाट हटाउने कोशिस गरेको उल्लेख छ ।

मूलरले त्यही समय अमेरिकी संसदले न्यायमा अवरोध गरेकोमा ट्रम्प माथि महाभियोग चलाउन पाइने या राष्ट्रपति माथि न्यायको सामान्य माध्यमबाट अभियोगन चलाउन नमिल्ने भन्ने विषयमा निर्णय गर्नुपर्ने बताएका थिए । तर त्यो समयमा संसदले ट्रम्पका विरुद्ध महाभियोग त चलाएन, तर महिनौं पछि एक अलग विषयमा उनका विरुद्ध महाभियोग चलाएको थियो । ट्रम्पमाथि उनले आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडनमाथि जाँच शुरु गर्नका लागि युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीमाथि दबाब सिर्जना गरेको आरोप थियो । तर ट्रम्पले यो कुरालाई निरन्तर अस्वीकार गरिरहे ।

सन् २०१९ को डिसेम्बरमा हाउस अफ रिप्रेजेन्टेटिवमा रहेको डेमोक्रेटका बहुमत सदस्यले उनीमाथि अभियोग चलाएका थिए । तर सन् २०२० को फेब्रुअरीमा रिपब्लिकनको बहुमत सदस्यले उनलाई अपराधमुक्त गरिदिए । डोनाल्ड तेस्रो यसता अमेरिकी राष्ट्रपति हुन्, जसले महाभियोगको सामना गर्नुपर्यो ।

राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्प संघीय कानूनको उल्लंघनको मामलामा आफूलाई माग गर्न सक्छन् । तर अमेरिकाको इतिहासमा यस्तो स्थिति कहिल्यै आएन । यद्यपि यो अवश्य हेर्न पाइएको छ कि कुनै राष्ट्रपतिमाथि पदबाट हटेपछि आपराधिक मामला चल्ने सम्भावना होस्, तर आगामी राष्ट्रपतिले उनलाई माफी दिउन् ।

यस्तो सन् १९७४ मा भएको थियो, जब पूर्व अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले वाटरगेट काण्डपछि राजीनामा दिएका थिए । त्यसपछि उनको सरकारमा उपराष्ट्रपति रहेका जेरल्ड फोर्ड राष्ट्रपति भए र उनलाई पूर्ण माफी दिएका थिए । कन्जरभेटिभ पोलिटिकल रिसर्च सेन्टर अमेरिकन इन्टरप्राइज इनिस्टिच्यूटका विशेषज्ञ नर्मन अर्नस्टीन भन्छन्, ‘डोनाल्ड ट्रम्पमाथि संघीय आरोप लाग्ने सम्भावना धेरै कम छ किनकी हुनसक्छ कि उनी आफैं माफी दिन्छन् ।’ तर चुनाव हारेको स्थितिमा उनी आफैंले माफी दिन सक्दैनन् ।

जानकारहरुका अनुसार एक अति काल्पनिक अवस्थामा डोनाल्ड ट्रम्पले सन् २०२१ को जनवरी २० मा आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएर वर्तमान उपराष्ट्रपति माइक पेंसलाई राष्ट्रपति बनाउन सक्नेछन् । जसले गर्दा माइकले उनलाई संघीय अपराधका लागि माफी दिने सक्ने सम्भावना हुनसक्छ ।

–बीबीसीबाट

प्रतिक्रिया