

२५७१ संक्रमित थपिए, १८ को मृत्यु

काठमाडौं– मुलुकमा पछिल्लो २४ घण्टामा २५७१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै मुलुकमा १ लाख ९७ हजार २४ संक्रमित संख्या पुगेको छ ।
मुलुकमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११२६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३६१७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। साथै ९६७ जना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।
त्यस्तै कोरोना संक्रमण निको हुने संक्रमितको संख्या १७९८ जना रहेको छ । यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १५९७२४ पुगेको छ ।

