मध्यरातमा मर्यादा कुल्चेर संविधान च्यातियोः कांग्रेस नेता कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिले पदको गरिमा र मर्यादा कुल्चेर मध्यरातमा संविधान च्यात्ने काम गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक र मंसिरमा चुनाव गर्ने घोषणा गरेपछि नेता कोइरालाले प्रतिक्रिया दिँदै राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देश कहालीलाग्दो द्वन्द्वतर्फ उन्मुख भएको बताएका छन् ।

कोइरालाले राष्ट्रपतिको यो कदमले संविधानलाई समाप्त गर्ने काम गरेको पनि बताएका छन् ।

 

प्रतिक्रिया