

म आज राजनीतिक जीवनकै कठीन मोडमा छुः योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले आज आफू जीन्दगीकै कठिन मोडमा रहेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा प्रधानमन्त्रीका लागि दाबी पेश गरेका केपी ओलीको पक्षमा लागेको भनिएका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आफू आज राजनीतिक जीवनकै सबैभन्दा कठीन दिनमा रहेको भनेर भनेका छन् ।
भट्टराईले अगाडि लेखेका छन्, नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरें कि गलत गरें, इतिहासको कठोर मूल्यांकनमा खडा छु ।’

