

यी हुन् माधव नेपालले किर्ते हस्ताक्षर गरेर प्रचण्डको पाउमा राखेका सांसद, जसले होइन भनिसके

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सांसद संख्या पुग बनाउनका लागि एमाले नेता माधवकुमार नेपालले किर्ते गरेको रहस्य खुल्न थालेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीसामु बुझाएका हस्ताक्षर मध्ये उनकै पक्षका ७ जनाले किर्ते गरेको भनी बयान दिएका छन्। उनका खास मानिने र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नका लागि गठित कार्यदलका मात्रै तीन सदस्य छन् भने सांसद संख्या बढ्न थालेको छ।
नेपालले कार्यदलमा राखेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टले देउवा प्रधानमन्त्री बनाउने हस्ताक्षर किर्ते भएको घोषणा गरेका छन्।
यसबाहेक योगेश भट्टराई, नारायण खतिवडा र गणेश पहाडीले पनि इन्कार गरेका छन्। स्रोतका अनुसार अझै धेरै सांसदले नेपालले मनपरी गरेको आरोप लगाएका छन्।

