

प्रधानमन्त्रीका लागि ओली र देउवाले गरेको दाबी खारेज गर्न थापाको सुझाव

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्रीमा केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि गरेको दाबी किर्ते भएको बताएका छन् ।
अध्यक्ष थापाले. सामाजिक सञ्जालमार्फत् राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दुवै दाबी खारेज गर्न सुझाव दिएका छन् । उनले निर्वाचनको घोषणा गर्न माग पनि गरेका छन् ।
उनले ट्विट गर्दै लेखेका छन् ‘राष्ट्रपति महोदय, दुवै दाबीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’ आधार छैन । दुवै जाली किर्ते हुन् । दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस् । यिनीहरूले सङ्घीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे । अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ।’
राष्ट्रपति महोदय,दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्तगर्ने’आधार छैन।
दुवै जाली/किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणाहोस्।यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे,लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ— Kamal Thapa (@KTnepal) May 21, 2021

